एसियन कुराश च्याम्पियनसिप- प्रशान्तले जिते पदक

काठमाडौं, साउन १८ गते । नेपाली खेलाडी प्रशान्त राईले  दक्षिण कोरियामा जारी एसियन कुराश च्याम्पियनसिप २०२५ मा कास्य पदक जितेका छन्।

दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी  प्रतियोगितामा शनिवार प्रशान्तले जुनियर -४२ केजी तौल समूहमा पदक जितेको नेपाल कुराश संघले जनाएको छ। प्रशान्त सेमिफाइनल उज्वेकिस्तानका खेलाडीसँग पराजित भएका थिए।

एसियाली कुराश महासंघको आयोजनामा जारी प्रतियोगितामा प्रशान्तको तौल समूहमा भारत, तुर्कमेनिस्तान, मङ्गोलिया, चीन (ताइपे), कुवेतका खेलाडीले प्रतिस्पर्धा गरेका‌ थिए। अर्का नेपाली खेलाडी नामशाङ सामसोङजुनियर -५२ केजीमा प्रतिस्पर्धा गरेका थिए। 

एशियन कुराश च्याम्पियनसिपमा यो नेपालको दोस्रो पदक हो। यसअघि सन् २०१८ मा थाइल्याण्डमा आयोजित एसियन च्याम्पियनसिपमा  कृति शर्माले ५२ केजी मुनीको तौल समूहमा कास्य पदक जितेकी थिइन्।

दक्षिण कोरियामा च्याम्पियनसिपका दौरान कुराश संघका कार्यवाहक अध्यक्ष जीवन राईले एसियन कुराश कंग्रेसमा भाग लिएका छन्।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version