ललितपुर, असोज २८ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यवाहक सभापतिमा उपसभापति पूर्णबहादुर खड्कालाई तोक्नुभएको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले भन्नुभयो, ‘‘ मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु । उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।’’