कोरियाका पूर्व राष्ट्रपति युनलाई नयाँ पक्राउ पुर्जी जारी

snake-at-taudaha

सियोल, साउन  १४ गते । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले सुनुवाइका लागि पटक–पटक उपस्थित हुन नमानेपछि अभियोजकहरूले सोधपुछका लागि भन्दै बुधबार नयाँ पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका छन्।     

गत डिसेम्बर ३ मा युनले दक्षिण कोरियामा नागरिक शासनको अन्त्य गर्ने र सैनिक शासन लागू गर्ने प्रयास गर्नुभएको थियो । मार्शल कानुन जारी गरिएको घोषणा गर्दै उहाँले संसद्लाई सेना लगाएर नियन्त्रण गर्ने प्रयास गर्नुभएको थियो।     

हप्तौँसम्म गिरफ्तारीको विरोध गरेपछि जनवरीमा हिरासतमा लिइएका उहाँ दक्षिण कोरियाली इतिहासमा पक्राउ पर्ने पहिलो बहालवाला राष्ट्रपति बन्नुभएको थियो ।     

उहाँले मुद्दासँग सम्बन्धित प्रमाणहरू नष्ट गर्न सक्ने भन्दै राष्ट्रपति पदबाट निलम्बन गरिएको थियो ।     

 उहाँलाई मार्चमा उहाँको विद्रोहको मुद्दा चलिरहेको समय प्रक्रियागत आधारमा रिहा गरिएको थियो तर जुलाईको सुरुमा फेरि हिरासतमा लिई सोधपुछ गरिएको थियो ।     

संसदीय चुनावमा धाँधली भएको आरोपको अनुसन्धान गरिरहेका अभियोजकहरूले युनलाई सोधपुछका लागि पटक–पटक बोलाए पनि उहाँ उपस्थित हुन अस्वीकार गर्नुभएको थियो।     

“विशेष अभियोजकको कार्यालयले पूर्व राष्ट्रपति युनलाई बिहान १० बजे उपस्थित हुन दोस्रो आदेश जारी गरेको थियो,” अभियोजक ओह जियोङ हीले बुधबार पत्रकारहरूसँग बताउनुभयो ।     

 उहाँले उपस्थित हुनका लागि दोस्रो पटकको आदेश पनि उल्लङ्घन गरी अदालतमा उपस्थित हुन अस्वीकार गर्नुभएको थियो । उहाँले कुनै स्पष्टीकरण पनि दिनुभएको थिएन ।     

फलस्वरूप, विशेष अदालतले उहाँविरूद्ध औपचारिक रूपमा बुधबार दिउँसो सोधपुछका लागि हिरासतमा लिन पक्राउ पूर्जी जारी गरेको हो ।     

युनलाई यस पहिले नै हिरासतमा राखिएको भए पनि पक्राउ पुर्जी जारी भएपछि अभियोजकहरूलाई उहाँलाई जबर्जस्ती सोधपुछ गर्न अनुमति दिनेछ।     

युन र उहाँकी पत्नी पूर्व प्रथम महिला किम किन हीका लागि पनि कानुनी समस्या बढ्दै गएको छ।     

अभियोजकहरूले युनिफिकेसन चर्चका एक वरिष्ठ अधिकारी जियोन सियोङ–बाएले हीराको हार र महँगो ह्यान्डब्याग प्राप्त गरी किमलाई दिएको आरोपको पनि अनुसन्धान गरिरहेका छन्। रासस/एएफपी   

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version