कोलकत्ता बन्दरगाहबाट रासायनिक मल नेपाल भित्रिँदै : साल्ट ट्रेडिङ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकत्ता बन्दरगाहमा प्राप्त भइसकेको बताउँदै त्यो मल धमाधम नेपालस्थित कर्पाेरेसनका गोदममा ल्याउनेक्रम जारी रहेको जनाएको छ ।

कर्पाेरेशनले हालै मात्र चार लाख ४० हजार बोरा युरिया र १० लाख ८३ हजार बोरा डिएपी गरी कुल १५ लाख २३ हजार बोरा रासायनिक मल आयात गरेको थियो । गोदममा आइरहेका उक्त मल कोटा वितरणका लागि प्रदेश सरकारलाई पत्राचार गरिसकेको र प्रदेश सरकारहरूद्वारा पालिकालाई कोटा वितरण भइसकेको भन्ने जानकारी कर्पाेरेसनलाई प्राप्त भएको पनि सस्थाले स्पष्ट पारेको छ ।

रासायनिक मलको पछिल्लो अवस्थाका बारेमा कर्पाेरेसनद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कर्पाेरेसनको मल बिक्रेताका रूपमा दर्ता भएका सम्पूर्ण डिलरहरूलाई आफ्नो पालिका तथा कर्पाेरेशनको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटाअनुसारको मल बिक्री वितरण गर्न अनुरोध गरिन्छ ।’

हाल बजारमा रासायनिक मलको अभाव भएको भनी विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्चालमा समाचार तथा पोस्ट भइरहेकामा कर्पाेरेसनले विज्ञप्तिमार्फत आफ्नो ध्यानाकर्षणसमेत भएको जनाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version