रुपन्देही साउन २२। क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल ५ नम्वर ब्युरो द्वारा जागरण जनयात्रा कार्यक्रम को उदघाट्न गरेको छ ।रुपन्देही जिल्लाको सैनामैना नगरपालिका १ को परुवामा एक कार्यक्रमको आयोजना गरी मोर्चाका केन्द्रीय कार्यालय सदस्य तथा पार्टीका ५ नम्बर व्यूरो सचिव जितामित्र सुनारले उद्घाटन गर्नुभएको छ ।
उहाँका अनुसारजागरण जनयात्रा देश व्यापी सञ्चालन हुनेछ । यो कार्यक्रम मात्र दलित मुक्ति मोर्चा वा दलित समुदायको मात्र न भएर, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको भएको बताउनु भयो । कार्यक्रम सफल पार्न सम्पुर्ण पार्टी पंक्ति क्रियाशील हुनुपर्ने धारणा राख्नुभयो । जब सम्म पार्टी आधारभुत वर्गको बिचमा स्थापित हुन सक्दैन तबसम्म हामीले सोचेको व्यवस्था प्राप्त गर्ने भरपर्दो शक्तिको निर्माण गर्न सक्दैनौ । तसर्थ पार्टीलाई आधारभुत वर्गमा स्थापित गर्न पार्टीको सम्पुर्ण शक्ति लाग्नु पर्ने हुन्छ । उहाँ को भनाई थियो ।कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य कमरेड दयाराम खनाल, रुपन्देही जिल्ला पार्टी सचिव लक्ष्मीकान्त पौडेल, नवलपरासी जिल्ला सचिव रवि पाण्डे, मोर्चाका केन्द्रीय सल्लाहकार शेरबहादुर बिक, केन्द्रीय सदस्य सोम बिक, रूपन्देही जिल्ला पार्टी सचिवालय सदस्य तथा उत्पादन केन्द्रका व्यवस्थापक रामु अर्याल र क्रान्तिकारी महिला संगठनकी प्रतिनिधि माया नेपालीले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।