यस साइट प्रयोग गरेर, तपाईं हाम्रो गोपनीयता नीति र प्रयोग सर्तहरू सँग सहमत हुनुहुन्छ।
Accept
Bardiya TimesBardiya TimesBardiya Times
Notification Show More
Font ResizerAa
  • होमपेज
  • अन्तर्राष्ट्रिय
    अन्तर्राष्ट्रिय
    Show More
    Top News
    साउनमा मात्रै एक खर्ब १९ अर्ब १० करोड बराबर व्यापार घाटा
    2 weeks ago
    विपिन जोशीको खोजीमा आमा र बहिनी आज इजरायल जाँदै
    4 weeks ago
    ट्रम्पले घोषणा गरे भन्सारको नयाँ दर, कुन देशलाई कति ? (सूची)
    1 month ago
    Latest News
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    6 hours ago
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    2 days ago
    पारस्परिक हितमा गहन विमर्श
    4 days ago
    प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै
    4 days ago
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • कर्णाली प्रदेश
      • गण्डकी प्रदेश
      • मधेश प्रदेश
      • लुम्बिनी प्रदेश
      • वाग्मती प्रदेश
      • सुदूरपश्चिम प्रदेश
  • अर्थ
    अर्थ
    Show More
    Top News
    विद्युत् निर्यात दोब्बर बनाइने
    3 weeks ago
    आन्तरिक ऋण शतप्रतिशत उठ्दा बाह्य ऋण ५७ प्रतिशतमा खुम्चियो
    1 month ago
    बीमा प्राधिकरणका अध्यक्ष ओझा बर्खास्त
    2 weeks ago
    Latest News
    सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय
    5 hours ago
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    6 hours ago
    पारस्परिक हितमा गहन विमर्श
    4 days ago
    अमेरिकी अदालतले गर्‍यो ट्रम्पका अधिकांश भन्सार शुल्क अवैध ठहर  
    6 days ago
  • कृषि
    कृषि
    Show More
    Top News
    आज कोशी र बागमतीमा भारी वर्षाको सम्भावना
    4 weeks ago
    कोलकत्ता बन्दरगाहबाट रासायनिक मल नेपाल भित्रिँदै : साल्ट ट्रेडिङ
    3 weeks ago
    एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या
    2 weeks ago
    Latest News
    एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या
    2 weeks ago
    क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट चार संगठन भूमि ऐन विरुद्धमा
    2 weeks ago
    कोलकत्ता बन्दरगाहबाट रासायनिक मल नेपाल भित्रिँदै : साल्ट ट्रेडिङ
    3 weeks ago
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    3 weeks ago
  • खेल
    खेल
    Show More
    Top News
    साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी
    6 days ago
    जोर्डनमा व्यावसायिक फुटबल खेल्दै प्रीति
    1 month ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
    Latest News
    साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी
    6 days ago
    साफ यू-१७ महिला च्याम्पियनसिप : आज नेपाललाई जित्नैपर्ने दबाव
    1 week ago
    साफ यू-१७ महिला च्याम्पियनसिप : नेपाल आज बङ्गलादेशसँग खेल्दै 
    2 weeks ago
    भुटानमाथि नेपालको पुनरागमन जित
    2 weeks ago
  • प्रविधि
    प्रविधि
    Show More
    Top News
    कोलकत्ता बन्दरगाहबाट रासायनिक मल नेपाल भित्रिँदै : साल्ट ट्रेडिङ
    3 weeks ago
    काठमाडौँ–तराई/मधेश द्रुतमार्ग : असी अर्ब खर्च, बयालिस प्रतिशत काम
    1 month ago
    आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना
    3 weeks ago
    Latest News
    सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय
    5 hours ago
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    2 days ago
    बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा
    1 week ago
    सामाजिक सञ्जाललाई दर्ता हुन सरकारको सात दिने अल्टिमेटम
    1 week ago
  • मनोरञ्जन
    मनोरञ्जन
    Show More
    Top News
    विराटनगरमा आज रथयात्रा : तीन जिल्लामा बिदा
    3 weeks ago
    आज गाईजात्रा पर्व मनाइँदै
    4 weeks ago
    चार क्रिकेटरलाई अधिकतम रकम
    4 weeks ago
    Latest News
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
  • राजनीति
    राजनीति
    Show More
    Top News
    परारष्ट्रमन्त्री डा राणाद्वारा भियतनामका उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता
    2 weeks ago
    नेपाल आउँदै भारतीय विदेश सचिव
    4 weeks ago
    प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तानको भ्रमणमा जानुहुँदै
    1 month ago
    Latest News
    एमाले विधान महाधिवेशन प्रतिनिधिलाई विद्या भण्डारीको पत्र (पूर्णपाठसहित)
    5 hours ago
    एमाले विधान महाधिवेशन आज
    6 hours ago
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    2 days ago
    डाक्टरदेखि अभियन्ता हुँदै राजनीतिमा,रास्वपाको उम्मेदवार डा. लेखजंग थापा  
    4 days ago
  • विचार
    विचार
    Show More
    Top News
    नेपालको संसदीय राजनीतिमा देखिएको विदेशी चलखेल
    1 month ago
    सार्वजनिक आरोप नलगाउने माधव र झलनाथ बीच सहमति
    3 weeks ago
    प्रचण्डको जवाफपछि माओवादी बैठक सकिने
    1 month ago
    Latest News
    भ्रष्टाचार विरुद्ध जनपरिचालन अभियानको आवश्यकता र महत्व
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    सार्वजनिक आरोप नलगाउने माधव र झलनाथ बीच सहमति
    3 weeks ago
    सन्दर्भः भ्रष्टाचार विरोधी अभियान
    4 weeks ago
  • समाज
    समाज
    Show More
    Top News
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    Latest News
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
  • स्वास्थ्य
    स्वास्थ्यShow More
    डेंगु र ‘स्क्रब टाइफस’ फैलिँदै
    2 days ago
    गौर सामूहिक हत्या हो : देव गुरुङ
    2 weeks ago
    विपिनको रिहाइ माग गर्दै आमा र बहिनीले भेटे इजरायलका राष्ट्रपति
    3 weeks ago
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    3 weeks ago
    पाकिस्तानमा बाढी–पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५० पुग्यो
    3 weeks ago
  • विविध
    विविध
    Show More
    Top News
    चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार
    1 month ago
    Latest News
    चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार
    1 month ago
  • अपराध
    अपराध
    Show More
    Top News
    सुटकेसभित्र महिलाको शव फेला
    2 weeks ago
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    6 hours ago
    Latest News
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    6 hours ago
    सुटकेसभित्र महिलाको शव फेला
    2 weeks ago
  • बिकास
    बिकास
    Show More
    Top News
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    बाँकेमा ८५ किलोमिटर सडक निर्माण
    2 weeks ago
    Latest News
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    बाँकेमा ८५ किलोमिटर सडक निर्माण
    2 weeks ago
Reading: खुम्चियो प्राधिकरणको नाफा
Share
Font ResizerAa
Bardiya TimesBardiya Times
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
  • अर्थ
  • कृषि
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाज
  • स्वास्थ्य
  • विविध
  • अपराध
  • बिकास
Search
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
    • प्रदेश
  • अर्थ
  • कृषि
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाज
  • स्वास्थ्य
  • विविध
  • अपराध
  • बिकास
Follow US
अर्थप्रविधिराष्ट्रिय

खुम्चियो प्राधिकरणको नाफा

bardiyatimes
Last updated: August 18, 2025 3:47 am
bardiyatimes
3 weeks ago
Share
SHARE

काठमाडौँ, भदौ २ गते ।  नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आर्थिक वर्षको तुलनामा प्राधिकरणको नाफा ३७.३२ प्रतिशतले घटेको हो । प्राधिकरणको ४० औँ वार्षिकोत्सव समारोहमा सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार प्राधिकरणले गत आवमा कर चुक्तापूर्व नौ अर्ब छ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ । यस्तो नाफा आव २०८०/८१ मा १४ अर्ब ४६ करोड रुपियाँ थियो । 

प्राधिकरणको सञ्चालन खर्चमा आएको वृद्धि, विदेशी मुद्रा विनिमय प्रभाव र जोखिम कोषमा रकम जम्मा गर्दा नाफामा कमी आएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो । वित्तीय विवरण अनुसार खुद सञ्चालन खर्च एक वर्षको अवधिमा दुई अर्ब १० करोड रुपियाँले बढेको छ । 

त्यस्तै विनिमय दर परिवर्तनका कारण मात्रै दुई अर्ब २५ करोड रुपियाँ थप व्ययभार थपिएको प्रतिवेदनमा उल्लेख छ । शाक्यका अनुसार गत आवमा पाँच अर्ब रुपियाँ जोखिम कोष (प्रोभिजनिङ) का लागि छुट्याइएकाले पनि नाफा घट्न पुगेको हो । कुल व्यवसाय ८.४ प्रतिशतले बढेर एक खर्ब २५ अर्ब २७ करोड पुगे पनि समग्रमा अघिल्लो आवभन्दा गत आवमा प्राधिकरणको नाफा पाँच अर्ब ३९ करोड रुपियाँले कमी आएको छ ।

विद्युत् बिक्रीको मूल्यमा आएको कमीका कारण पनि प्राधिकरणको नाफा खस्कन भूमिका खेलेको देखिन्छ । अघिल्लो आवमा औसत नौ रुपियाँ ४८ पैसा प्रतियुनिट मूल्य आएकामा गत आवमा नौ रुपियाँ १३ पैसा पाएको देखिन्छ । नेपालभित्र र मध्यकालीन सम्झौता अनुसार भारत निर्यात हुने बिजुलीको मूल्य स्थिर रहे पनि इन्डियन इनर्जी एक्सचेन्जमा बोलकबोल मूल्य घटेको असर यो मूल्यमा परेको हो । भारततर्फ गत आवमा कुल दुई हजार ३८० गिगावाट/घण्टा विद्युत् बिक्री भएको देखिन्छ । यो आघिल्लो आवको तुलनामा २२.३३ प्रतिशतको वृद्धि हो ।

शाक्यले दिएको जानकारी अनुसार ९८ प्रतिशत भूभागमा राष्ट्रिय ग्रिड पुगिसकेको छ भने प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत ४२० युनिटबाट बढेर ४६५ पुगेको छ । विद्युत् चुहावट पनि ०.४७ प्रतिशत विन्दुले घटेर १२.२६ कायम भएको छ ।

प्राधिकरणको एकबर्से उपलब्धि सार्वजनिक गर्दै शाक्यले गत अवमा कुल ४३४ मेगावाट विद्युत् उत्पादन थप भएको छ भने २५३ सर्किट किलोमिटर प्रसारण लाइन थप भएर कुल छ हजार ७६० सर्किट किलोमिटर पुगेको छ । प्रसारण सबस्टेसनको क्षमता एक हजार ७३ एमभिए थपिँदा कुल १४ हजार १२३ एमभिए पुगेको छ ।

बहसमा गुणस्तर र बक्यौता असुली

प्राधिकरणको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्राधिकरण अध्यक्ष तथा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणलाई २४ घण्टा अविछिन्न, सुरक्षित र भरपर्दो आपूर्ति गर्न सक्ने संस्थामा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुरक्षित, गुणस्तरीय र भरपर्दो विद्युत् प्रवाहलाई अहिलेको मुख्य आवश्यकता ठहर गर्दै प्राधिकरणलाई स्मार्ट प्रविधि प्रयोगमार्फत विद्युत् चुहावट न्यूनीकरण गर्न निर्देशन दिनुभयो । 

कार्यक्रममा अधिकांश वक्ताले प्राधिकरणको विद्युत् आपूर्ति गुणस्तर र वक्यौताका विषयमा प्रश्न उठाउँदै मन्त्री तथा कार्यकारी निर्देशकको गम्भीर ध्यानाकर्षण गराएका थिए । सभालाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य आरपी विच्छाले राजधानीमै समेत विद्युत् आपूर्ति नियमित र गुणस्तरीय नभएको भन्दै यसमा संवेदनशील हुन प्राधिकरण व्यवस्थापनलाई आग्रह गर्नुभयो । 

मन्त्री खड्काले डेडिकेटेड र ट्रङ्क लाइन महसुल असुली एक दशकसम्म उल्झनमा पारिएको भन्दै प्राधिकरण व्यवस्थापन तथा कर्मचारीमाथि आक्रोश व्यक्त गर्नुभएको थियो । “सरकार अहिले यो समस्या समाधानका लागि गभ्भीर ढङ्गले लागिरहेको छ तर एक दशकसम्म प्राधिकरण यो विषयमा किन बोलेन ?” उहाँले प्रश्न गर्नुभयो, “तपाईंहरूले टिओडी मिटरका आधारमा बिल नपठाएर महसुल तिर भन्दै चिठी पो पठाउनुभयो भन्ने ग्राहकको भनाइ छ, यो के भएको हो तपाईंहरूलाई नै थाहा होला नि ।”

मन्त्री खड्काले समस्या समाधानका लागि मन्त्रालयले नै छानबिन समिति बनाएको तर प्राधिकरणकै असहयोग र अदालतलाई गुमराहमा राखेर त्यो समितिलाई खारेज गराइएको आरोपसमेत लगाउनुभयो । “अहिले पुनरवलोकन समितिमा पनि कर्मचारी बस्नै मान्नुभएको छैन,” उहाँले भन्नुभयो, “तलब सेवा सुविधा प्राधिकरणको लिएपछि प्राधिकरणको हितमा काम गर्न किन हच्किएको ।” 

उहाँले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तत्काल उठाउन निर्देशन दिँदै प्रयोग गरेको बिजुलीको पैसा पाइ पाइ उठाउने काममा ढिलाइ नगर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल, सडक बत्ती तथा सरकारले कोरोना महामारीका क्रममा उलपब्ध गराएको छुटको भुक्तानी गरी करिब ४० अर्ब रुपियाँ उठाउन छाडेर प्राधिकरण व्यवस्थापन सरकारसँग १० अर्ब रुपियाँ ऋण मागेको भन्दै प्राधिकरणका ट्रेड युनियनका अधिकारीले विरोध जनाएका थिए । 

राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले महसुल नतिर्ने उद्योगको लाइन काट्न मन्त्रीले रोक्दा असुली नभएको आरोप लगाउँदै प्राधिकरणले त्यस्ता ग्राहकको लाइन काट्न पाए महसुल असुल हुने दाबी गर्नुभयो ।

‘निजी क्षेत्रलाई पेलियो’

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रलाई अप्ठ्यारो पारेर बहादुरी नदेखाउन आग्रह गर्नुभयो । 

निजी क्षेत्रलाई साथमा लिएर जानुपर्नेमा हतोत्साही गर्ने काम मात्र भइरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “विद्युत् प्राधिकरणको ध्यान विद्युत् उत्पादन कसरी रोक्ने, पिपिए कसरी नगर्ने, आरसिओडीको म्याद कसरी नथप्ने, उत्पादन भएको विद्युत् कसरी नलिने, कन्टिजेन्सी कायम कसरी राख्ने र समग्रमा ऊर्जा उद्यमीलाई कसरी पेलेर बहादुरी देखाउने भन्नेमा रहेको देखिन्छ । यो सोचमा परिवर्तन हुनु जरुरी छ ।”

डाँगीले ऊर्जामन्त्री खड्कालाई विद्युत् व्यापार र प्रसारण लाइन निर्माणको अनुमतिपत्र निजी क्षेत्रलाई दिएर स्व. शैलजा आचार्यको जस्तै इतिहास रच्न पनि अनुरोध गर्नुभयो ।  

मन्त्री खड्काले भने विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माणमा पनि निजी क्षेत्रलाई सक्रिय रूपमा सहभागी गराइएको र आगामी दिनमा विद्युत् बिक्रीमा समेत संलग्न गराइने स्पष्ट पार्नुभयो । यही अनुसार सरकार नीतिगत व्यवस्थापनदेखि कार्यगत सहजीकरणमा लागिरहेको यहाँहरूलाई थाहै छ, उहाँले भन्नुभयो, “सरकार निजी क्षेत्रकै साथमा छ ।”  गोरखापत्र अनलाइनबाट

आन्तरिक ऋण शतप्रतिशत उठ्दा बाह्य ऋण ५७ प्रतिशतमा खुम्चियो
उपसभामुख हटाउन हस्ताक्षर संकलन
बागमतीमा एमालेले टुङ्ग्यायो ६ मन्त्री
इटालीले विश्वको सबैभन्दा लामो झोलुङ्गे पुल बनाउँदै
सामाजिक सञ्जाललाई दर्ता हुन सरकारको सात दिने अल्टिमेटम
Share This Article
Facebook Email Print
तपाईंलाई कस्तो लाग्यो?
Love0
Sad0
Happy0
Angry0
Cry0
Surprise0
Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow US

Find US on Social Medias
FacebookLike
XFollow
YoutubeSubscribe
TelegramFollow

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
खेल

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप आजदेखि

bardiyatimes
bardiyatimes
4 weeks ago
बागमतीमा ३ मन्त्रीको शपथ अनिश्चितकालका लागि स्थगित
परारष्ट्रमन्त्री डा राणाद्वारा भियतनामका उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता
ट्रम्पको धम्कीबिच भारतीय राजदूत र रुसी उपरक्षामन्त्रीबिच भेट
चार क्रिकेटरलाई अधिकतम रकम
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Bardiya Times Online Khabar

  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • स्वास्थ्य
  • खेल
  • समाज
  • प्रविधि
  • मनोरञ्जन

अध्यक्ष तथा प्रबन्ध निर्देशक: बालकृष्ण ओली
baloli260@gmail.com

प्रधान सम्पादक:
बालकृष्ण ओली

सम्पर्क
+977 9858040222
bardiyatimes2057@gmail.com

ठेगाना:
गुलरिया, बर्दिया

Bardiya TimesBardiya Times
Follow US
© BardiyaTimes 2025 All Rights Reserved- Developed by Yuyish Oli
Go to mobile version
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?