गाजामा इजरायली आक्रमण, ८० जनाको मृत्यु

काठमाडौं ९ आश्विन  । इजरायलले गरेको आक्रमणमा गाजामा कम्तीमा ८० जनाको मृत्यु भएको छ ।

गाजाको दराज क्षेत्रस्थित फिरास मार्केट नजिकको एक आवसीय भवन र त्यससँगै शरणाथी बसेको त्रिपालमा इजरायली सेनाले आक्रमण गर्दा कम्तीमा ८० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालबालिका धेरै छन् ।

इजरायली सेनाले दुई हमास लडाकुलाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ । यसैबीच इजरायली सेना आईडीएफका ट्यांक गाजाको मुख्य क्षेत्रमा अघि बढेका छन् ।

इजरायली सेनाले हमासको मुख्य क्षेत्रमा आफ्नो सैन्य बल प्रवेश गरेको र त्यसको मुख्य उद्देश्य बन्धकको रिहाइ भएको दाबी गरेको छ । बन्धक रिहा गर्नु र हमासलाई अन्तिम हार चखाउनु अबको उद्देश्य रहेको इजरायली सेनाको दाबी छ ।

अझै ५० जना बन्धक हमासको कब्जामा छन् । यीमध्ये नेपालका विपिन जोशीसहित कम्तीमा २० जना बन्धक जिवित रहेको विश्वास छ । यसअघि हमासले विपिन सहित ५० बन्धकको तस्बिर सार्वजनिक गर्दै त्यसलाई बिदाइ सूचीको नाम दिएको थियो ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version