गोलसहित मेस्सीको पुनरागमनमा मियामीको जित

एजेन्सी – दायाँ घाँटीको मांसपेशी अझै शत प्रतिशत ठिक नभई‌ मैदान फर्केका लियोनेल मेस्सीले गोल गरेको मेजर लिग सकर (एमएलएस) को आजको खेलमा इन्टर मियामीले एलए ग्यालेक्सीलाई ३-१ ले हराएको छ।

मेसीले ८४ औँ मिनेटमा गोल गरे। त्यस अघि जोर्डी आल्बाले ४३ औँ मिनेटमा र लुइस सुआरेजले ८९ औँ मिनेटमा गोल गरेर इन्टर मियामीलाई सहज बनाइसकेका थिए।

यो मेस्सीको अगस्टमा घाँटीको मांसपेशी च्यातिएपछि पहिलो खेल थियो। उनी दोस्रो हाफ सुरु हुँदा मैदानमा प्रवेश गरे। मैदान छिरेपछि कप्तानको आर्मब्यान्ड लगाउँदा नै समर्थक उत्साहित बनिसकेका थिए।

खेलका बीच–बीचमा उनलाई घाँटी तन्काउँदै गरेको देखिन्थ्यो । उनी सहज देखिएका थिएनन्। इन्टर मियामीका प्रशिक्षक जेभियर मसेरानोलाई पनि खेलपछि भने, ‘ऊ पूर्ण रूपमा सहज थिएन, तर खेल अगाडि बढ्दै जाँदा केही आराम भए जस्तो देखियो। अब उसको थकान कति भयो भन्ने भोलि हेर्नुपर्छ।’

ग्यालेक्सीका जोसेफ पेन्ट्सिलले ५९ औँ मिनेटमा बराबरी गोल गरेका थिए। यो सँगै मेस्सी एमएलएसमा ४० गोल छिटो पूरा गर्ने दोस्रो खेलाडी बने । उनले ४४ खेलमै यो संख्यामा पुगे। पहिला स्थानमा एटलान्टा युनाइटेडका जोसेफ मार्टिनेज (४२ खेल) छन्।

मियामी अब अगस्ट २० मा लिग्स कप क्वाटरफाइनलमा टिग्रेस युएएनएलसँग खेल्नेछ। एमएलएस लिगमा अर्को खेल अगस्ट २३ मा डिसी युनाइटेडसँग हुनेछ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version