चुनावसम्बन्धी टिकटक भिडियोलाई एक लाख पुरस्कार !

काठमाडौँ माघ २७। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो बनाउन नागरिकलाई आह्वान गरेको छ। निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको हो।

आयोगले सोमबार एक सूचना प्रकाशित गरेको छ । आयोगको सूचनाअनुसार प्रतियोगितामा उत्कृष्ट ठहरिएका तीन भिडियोले नगद पुरस्कार प्राप्त गर्नेछन्। पहिलो हुनेलाई ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ।

तीन उत्कृष्ट भिडियोलाई जम्मा एक लाख पुरस्कार दिने आयोगको सूचनामा छ ।

भिडियोको मूल्यांकन भ्यूजका आधारमा गरिने आयोगले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले एक मिनेटसम्मको भिडियो तयार गरी टिकटकसँगै युट्युब र फेसबुकमा पोस्ट गर्नुपर्नेछ। भिडियोमा निर्वाचन प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षासम्बन्धी विषयवस्तु समावेश हुनुपर्नेछ।

पोस्ट गरिएको भिडियोको लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र निर्वाचन आयोगको इमेल ठेगानामा पठाउन आयोगले आग्रह गरेको छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version