जरेखेतमा पहिरो गयो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं , साउन २३ गते। धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान रूखसहितको पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले पहिरो पन्छाउने प्रयास भइरहेको जानकारी दिए ।

पहिरोका कारण काठमाडौँ आउने सवारीसाधन गजुरी र काठमाडौँबाट मुग्लिनतर्फ जाने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version