जेनजी आन्दोलन : छानविन आयोगले आजबाट काम थाल्ने

काठमाडौं । जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले आजबाट काम सुरु गर्दैछ ।

गत भदौ २३ र २४ गते भएका भौतिक तथा मानवीय क्षतिसम्बन्धी छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन भएको थियो ।

पाँच कार्यादेश पाएको उक्त आयोगले आजदेखि छानविन प्रक्रिया अघि बढाउने भएको हो । आयोगले काम सुरु गरेको मितिले तीन महिनाभित्र रायसुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउनुपर्नेछ ।

भ्रष्टाचारविरुद्ध जेनजीले गरेको प्रदर्शनको पहिलो दिन सरकारले दमनको नीति अपनाउँदा प्रहरीको गोली लागेर काठमाडौँमा १७ र विराटनगरमा २ युवाको मृत्यु भएको थियो ।

त्यसको भोलिपल्ट भदौ २४ गते आन्दोलन अझ उग्र हुँदा थप मानवीय र भौतिक क्षति भएको थियो। आन्दोलनमा परी अहिलेसम्म ७४ जनाको मृत्यु भइसकेको छ भने अर्बौँको भौतिक संरचना क्षति भएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version