तीन दिनमा १ लाख ३८ हजारले छाडे काठमाडौं

काठमाडौं । पछिल्लो तीन दिनमा १ लाख ३८ हजार बढीले काठमाडौं उपत्यका छाडेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनाको दिनदेखि हालसम्म करिब १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेका हुन् । स्कूल, कलेजहरूमा बिदा सुरु भएपछि उपत्यका छोड्नेहरूको संख्या बढ्दै गएको हो ।

त्यस्तै यसवर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुल्ला नगरिए पनि एक दिन अगाडिको टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । जसका कारण टिकट लिनेहरूको समेत गोंगबु बस पार्कमा भीड लागेको छ ।

हाल गोंगबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलंकी लगायत विभिन्न चोकहरूमा उपत्यका छोड्नेहरूको भीड लाग्ने गरेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version