तुइनखोलाको पहिरो हटाउन सुरु, पानी परेकाले काम गर्न कठिन

चितवन, असोज ५ गते । शुक्रबारदेखि पहिरोले अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्डको पहिरो हटाउने काम आइतबार बिहानदेखि सुरु भएको छ ।

अहिले पनि सिमसिम पानी परेकाले तुइनखोलामा आएको पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो । दुवैतर्फबाट पहिरो पन्छाउने काम भए पनि पानी परेकाले काम गर्न कठिन भइराखेको उहाँले जानकारी दिनुभयो ।

‘‘३६ घण्टादेखि अवरुद्ध सडक सञ्चालनका लागि हामीले प्रयास गरेका छौं ।,’’ उहाँले भन्नुभयो, ‘‘वातावरण सहज भएमा केही घण्टापछि यातायाता सञ्चालन गर्न सकिन्छ ।’’ सिमसिम पानी पर्ने र अहिले पनि पहिरो जाने क्रम हुँदा काम गर्न कठिन भएको हो । 

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version