काठमाडौं असोज ७ गते। तुइन खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध भएको छ । तीन दिन लगाएर हटाएको पहिरो खसेकै ठाउँमा आज बिहान फेरि पहिरो झरेपछि सडक पुन अवरुद्ध भएको हो ।
पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पहिरो खस्दा पृथ्वी राजमार्ग पनि गएरातिदेखि नै अवरुद्ध छ ।
मलेखु–मुग्लिन सडक खण्डको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलामा ठूलो पहिरो खस्दा गएराति सवा १० बजेदेखि नै सवारी दुईतर्फी नै अवरुद्ध छ । त्यहाँ पहिरो खसिरहेका कारण अवरोध हटाउन तत्काल सम्भावना नरहेको बताइएको छ ।