काठमाडौं १३ आश्विन। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सासुससुरा बस्ने घरमा पनि छापा मारेको छ ।
आइतबार साला भूषण राणा र उनका बुवाआमा बस्ने जावलाखेलका छुट्टाछुट्टै दुई घरमा सीआईबीले छापा मारेको हो । भूषण देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन् ।
छापा मार्ने क्रममा भूषण भने घरमा थिएनन् । बुवाआमा भने घरमै थिए । ललितपुर महानगरपालिका-४ मा पर्ने उनीहरूको घरमा प्रहरीले छुट्टाछुट्टै छापा मारेको हो ।
सीआईबीले शङ्कास्पद नगद वा अन्य केही कागजात रहेको सूचनाका आधारमा छापा मारेको थियो । तर, खनतलासीका क्रममा प्रहरीले कुनै पनि शङ्कास्पद वस्तु फेला नपरेको जनाएको छ ।