काठमाडौं फाल्गुन ३। सांगीतिक रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन्। हिमालय टिभीमा प्रसारण भएको शोको शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच राजु लामाको टिमबाट प्रतिस्पर्धा गरेकी नीताले उपाधि उचालेकी हुन्।
कोच खेम सेन्चुरीको टिमका सागर संसार राई प्रथम उपविजेता घोषित भए। टिम प्रमोद खरेलकी प्रतिस्पर्धी पुनम गुरुङ द्वितीय उपविजेता घोषित भइन् भने टिम मेलिना राईकी प्रतिस्पर्धी सञ्जिता दुरा तृतीय उपविजेता बनिन्।

हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कँडेलले विजेता तथा उपविजेताहरूलाई पुरस्कार प्रदान गरेका थिए।



