नेकपाको समानुपातिक उम्मेदवार प्रचण्ड र माधवले छान्ने

काठमाडौं १४ पुस। एक महिनाअघि गठन भएको नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक उम्मेदवार टुंग्याउने जिम्मा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले पाएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आयोगले आजसम्म समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको छ । नेकपाले एकता प्रक्रियामा आएका सबै घटकलाई मिलाएर समानुपातिक सूची तयार गर्ने जिम्मा प्रचण्ड र माधवलाई दिएको हो ।

देशका ७७ वटै जिल्लाबाट समानुपातिक उम्मेदवारको नामावली आएको र उक्त सूचीलाई अन्तिम रूप दिएर आजै निर्वाचन आयोगमा बुझाउने नेता शक्ति बस्नेतले जानकारी दिए । प्रतिनिधिसभामा समानुपातिकबाट ११० सदस्य छनोट हुने संवैधानिक व्यवस्था छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version