नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न सैद्धान्तिक आधार तयार गर्दै एकीकृत समाजवादी

काठमाडौं १३ आश्विन । नेकपा एकीकृत समाजवादीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अपानीमा कम्युनिष्ट पार्टीको कार्यशैलीमा सुधार गर्ने र कमीकमजोरी सच्याएर आन्तरिक लोकतन्त्रको सुदृढीकरण तथा नेतृत्व हस्तान्तरणको विषयलाई प्राथमिकतामा राखिएको छ ।

पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रियता हुने, पार्टीको रणनीतिक लक्ष्य समाजवाद हुने, समाजवादी कार्यदिशा अगाल्ने, नेपाली विशेषताको समाजवादी कार्यक्रम अंगिकार गर्नेलगायत सैद्धान्तिक आधार तयार गरिएको अपानीमा उल्लेख छ । साथै, समान वैचारिक दृष्टिकोण भएका समूह तथा दलसँग एकताका लागि पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवादलाई मानिएको छ ।

नेपाली जनता र पूँजीपती वर्गबीचको अन्तरविरोध समाधान गर्ने, नव उपनिवेशवादको विरोध गर्ने नीति पार्टीले अवलम्बन गर्ने छ । बामपन्थी शक्ति, कम्युनिष्ट तथा समाजवादी विचारधारा भएका पार्टीसँग एकताका लागि छलफल सुरु गरेको पार्टीले एकताका लागि अशोक राई नेतृत्वको जसपा, नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपासँग छलफल गरेको जनाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version