नेपालले आज मलेसियासँग चौथो खेल खेल्दै

काठमाडौँ २१ आश्विन । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको चौथो खेल आज खेल्दै छ । आज हुने तेस्रो खेल ७: ४५ बजेदेखि शुरु हुदैछ । 

जारी सिरिजमा नेपाल र मलेसियाले यसअघि खेलेका खेलमा नेपालले एक र मलेसियाले दुई खेल जितेर सिरिज २-१ रहेको छ । 

नेपाल र मलेसियाबीच आजको खेलपछि पाँचौं खेल ८ अक्टोबरमा हुने तालिका रहेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली मलेसियामा रहेको छ । जसमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version