नेपाली चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक

काठमाडौँ । भदौ ६ गते देखि प्रदर्शनमा आउने चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक गरिएको छ । 

बिहीबार क्युएफएक्स सिभिल मलमा  एक समारोहको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

मुनाल घिमिरेद्वारा निर्मित र ऋषि लामिछानेद्वारा निर्देशित सो चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको छ ।

यसैगरी फिल्ममा पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको पनि अभिनय छ । 

नरेन्द्र मैनालीले खिचेको फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको बताइएको छ । 

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version