काठमाडौं । हङकङ सिक्सेस अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसंग १७ रनले पराजित भएको छ ।
अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । नेपालका लागि सन्दीप जोराले १४ बलमा अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त हुन सकेन ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा ५ विकेट गुमाएर ११२ रन बनाएको थियो ।
अफगानिस्तानका लागि करिम जनातले सर्वाधिक ३५ रन बनाए । बलिङमा नेपालका रसिद खानले ह्याट्रिकसहित ४ विकेट लिए भने लोकेश बमले एक विकेट लिए ।

