काठमाडौं ,श्रावण २२। भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने चर्चा भैरहेका बेला उनी आगामी भदौ १ गते उनी काठमाडौं आउन लागेका हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने छन् ।
प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ । यद्यपि, भ्रमणको औपचारिक घोषणा भने हुन बाँकी छ ।