पुटिनले दिए युक्रेनमा मारिएका सिआइए अधिकारीका छोरालाई मरणोपरान्त ‘अर्डर अफ लेनिन’

एजेन्सी । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा मारिएका एक वरिष्ठ सिआइए अधिकारीका छोरालाई सम्मान प्रदान गरेका छन्।

पुटिनले युक्रेन युद्ध अन्त्यको योजनाबारे छलफल गर्न मस्को पुगेका ट्रम्पका विशेष दूत स्टिभ विटकोफलाई ‘अर्डर अफ लेनिन’ पदक हस्तान्तरण गरेका हुन् ।

उक्त पदक सिआइएका डिजिटल इन्नोभेसन विभागकी उप–निर्देशक जुलियान गालिनाका छोरा माइकल ग्लसलाई मरणोपरान्त दिइएको हो । २०२३ मा रूसी सेनामा भर्ती भएका २१ वर्षीय ग्लस गत वर्ष युक्रेनसँगको युद्धमामारिएका थिए ।

उनले युक्रेन युद्धलाई “पश्चिमी प्रचार” भन्दै मस्कोको रेड स्क्वायरमा खिचिएका तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गरी रुसको समर्थन गरेका थिए।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version