पूर्वराजा ज्ञानेन्द्र शाहले भने- अब देश बिगार्ने होइन, सपार्नेतिर अघि बढ्नुपर्छ

काठमाडौं १२ आश्विन। पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक चक्रव्यूहमा नफसी अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने बताएका छन् । दशैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नै पर्ने बताउँदै भनेका छन्, ‘अब देश बिगार्ने होइन, सपार्नेतिर अघि बढ्नुपर्छ ।’

शुभकामना सन्देशमा शाहले भनेका छन्, ‘कुनै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैं तय गर्ने सामथ्र्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ ।’ हाम्रो राज्यपद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जनमनोभावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नुपर्ने जरुरी रहेको उनले उल्लेख गरेका छन् ।

‘नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ । विकसित बन्दै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्दछ’ उनले भनेका छन् ।

युवा पुस्तामा निहीत देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने बताएका छन् । ‘यही समयको माग हो,’ पूर्वराजा शाहले भनेका छन्, ‘हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं । बिगार्ने, भत्काउने, जलाउने तिर नै हाम्रो राजकाज धेरै खटि परे । अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नुपर्दछ ।’

उनले सधैं जस्तो यस वर्षको दशैँमा टिका नलगाइदिेने पनि जानकारी गराएका छन् । उनले भनेका छन्, ‘यतिखेर देश चरम विध्वंश र शोकको स्थितिमा छ । पारिवारिक र सांस्कृतिक रुपमा मात्रै यो वर्ष दश्रँ मनाउन बाध्य छौँ । हाम्रो आम शुभेच्छुक नागरिक सुमुदायकलाई पनि विगतमा झैँ हामीबाट बृहत्तररुपमा टिका जमरा प्रदान नहुने जानकारी गराउँदछौँ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version