प्रचण्ड र नेपालबीच आज पनि भेटवार्ता, समाजवादी मोर्चाबारे छलफल

प्रचण्ड, माधव नेपाल
प्रचण्ड
Review Overview

१२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ ।

सिंहदरबारमा उनीहरूबीच सोमबार दिउँसो भेटवार्ता भएको हो ।

भेटका क्रममा उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको जनाइएको छ ।

विशेषगरी समाजवादी मोर्चा, संसद् र बागमती प्रदेशमा देखिएको पछिल्लो सत्ता विवादबारे छलफल भएको स्रोतले अनलाइनखबरसँग बतायो ।

यद्यपि भेटवार्ताका मुख्य विषयहरू खुलाइएको छैन । यसअघि हिजो पनि उनीहरू भेट गरेका थिए ।

Review Overview
Share This Article
Leave a review

Leave a Review

Your email address will not be published. Required fields are marked *

Exit mobile version