प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे मिश्री, महत्वपूर्ण भेटघाट आजै गर्ने

काठमाडौं, भदौ १ गते । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री केहि बेरअघि काठमाडाौं आइपुगेका हुन् ।

उनी विमानस्थलबाट सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । उनी प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन काठमाडौं आएका हुन् ।

उनले १०ः३० प्रधानमन्त्री ओलीलाई भेटिसकेपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेललाई भेटिसकेपछि सचिव मिस्री सिधै बुढानीलकण्ठ जानेछन् । त्यहाँ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ ।

देउवासँगको भेटपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा लगायतसँग महत्वपूर्ण भेटघाट आजै गर्ने कार्यक्रम रहेको छ 

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version