गुलरिया साउन २५ गते । ठाकुरबाबा नगरपालिका – ९ हात्तीसार नजिकको खौराहा खोलामा गोहीको आक्रमणबाट बेपत्ता भएका मधुवन नगरपालिका, १ कैलाशीका १९ वर्षीय रूपमिलन थारूको फेला परेका छन।
मङ्गलबार साँझ करिब ५ बजेतिर खौराहा खोलामा तीन जना साथीहरू पौडी खेल्न गएका थिए । जसमध्ये थारूलाई गोहीले आक्रमण बताइन्छ। घटना लगतै निकुञ्ज, नेपाली सेना, चोरी सिकारी नियन्त्रण युवा परिचालन समिति र स्थानीयले खोजी गरिएको थियो । तर थारूको शव फेला परेको थिएन । निकुञ्जले थारूको खोजी गर्नका लागि हात्ती समेत प्रयोग गर्दा पनि फेला परेको थिएन ।
बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सरोजमणी पौडेलले बेपत्ता भएका थारूको शव घटना स्थलबाट करिव दुई किलोमिटर टाढा कैलाशी गाउँ नजिकको खौराहा खोलामा फेला पारिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मृतकको बर्दिया अस्पताल गुलरियामा आज पोष्टमार्टम हुनेछ ।’