बर्दिया जिल्ला टेनिस संघलाई संघका पुर्ब केन्द्रियअध्यक्ष राणाद्वारा खेल सामाग्री हस्तान्तरण

बर्दिया÷पुष २३,बर्दिया जिल्ला टेनिस संघलाई नेपाल टेनिस संघका पुर्ब अध्यक्ष मनोज जंगबहादुर राणाले एक समारोहकाबीच खेल सामाग्री हस्तान्तरण गर्नु भएको छ ।
बर्दिया जिल्ला टेनिस संघको कोर्टमा आयोजित टेनिस सामाग्री हस्तान्तरण कार्यक्रममा संघका पुर्ब अध्यक्ष मनोज राणाले बर्दिया जिल्लाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला खेलाडीको तर्फबाट सामाग्री सहयोग भएको बताउनु भएको छ ।उहाँले टेनिस खेलाडीका लागि प्रथम चरणमा चाहिने यस्ता सामाग्रीबाट आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई सहयोग पुग्ने आशा व्यक्त गर्नु भयो ।भेट्रान खेलाडी समेत रहनु भएका राणाले यस अघि पनि बर्दिया जिल्ला टेनिस संघलाई खेल सामाग्री सहयोग गर्दै आउनु भएको छ । त्यसैगरी प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले टेनिस खेल विकास गर्न यस्तै सहयोगी हातहरु निरन्तर आवश्यक पर्ने कुरामा जोड दिनु भयो । प्रजिअ हमालले खेल क्षेत्रमा राज्यको मात्र भर पर्नु भन्दा स्थानीय उद्योगी व्यापारी लगायत सहयोगी मनहरुको आवश्यकता पर्ने कुरा उल्लेख गर्नु भयो । त्यसैगरी बर्दिया टेनिस संघका संस्थापक एवं संरक्षक बालकृण ओलीले बर्दिया जिल्लाका अत्यन्तै विपन्न वर्गबाट खेलाडी उत्पादन गर्ने योजना अनुसार खेलाडी प्रशिक्षण र प्रतियाेगीताहरु र उनीहरुको सहभागितामा जोड दिएको जानकारी दिनु भएको थियो ।उहाँले यो खेल निकै महंगो भन्ने भ्रमलाई युवा तथा खेलाडीमा रहेको भ्रमलाई चिर्न पर्ने र बर्दिया जिल्ला टेनिस संघले खेल्न आउने खेलाडीलाई खेल सामाग्री निशुल्क उपलव्ध गराउदै आएको बताउनु भयो ।बर्दिया टेनिस संघलाई स्थापनाकाल देखिनै पूर्व अध्यक्ष राणाले आर्थिक लगायत सबै प्रकारको सहयोग गरेर बर्दिया जिल्लाको टेनिस खेललाई अगाडी बढाउन निरन्तर सहयोग गरेकोमा खुसी व्यक्त गर्नुका साथै पूर्व अध्यक्ष राणाप्रति आभार व्यक्त गर्नु भएको थियो ।
जिल्ला संघका उपाध्यक्ष तुलु मल्ल ठकुरीलाई १० थान टेनिस र््याकेट र टेनिस बलहरु तथा अन्य खेल सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।
उक्त अवसरमा नेपाली सेनाका पुर्ब जर्नेल राम राणा , राष्ट्रिय अनुसन्धान बिभाग बर्दिया जिल्ला प्रमुख रमेश डागा, नेपाली सेना बर्दिया जिल्ला प्रमुख मेजर रुपेश सिटोैला, निर्माण ब्याबसायी संघ बर्दियाका अध्यक्ष हेमन्त प्रकाश गिरी लगायत बर्दिया जिल्ला टेनिस संघका सदस्य एवम खेलाडीहरुको उपस्थिति थियो ।कार्यक्रममा सहजिकरण संघकी कोषाध्यक्ष एवं अधिबक्ता मीना चौधरीले गर्नु भएको थियो ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version