बर्दिया १ बाट बामदेव गौतम, शक्तिबहादुर वस्नेत सिफारिसमा परे

बर्दिया १४ पुस। नेपाली कम्युनिष्ट पार्टी नेकपा बर्दियाले फागुन २१ गते हुने निर्वाचनका लागी उम्मेवार सिफारिस गरेको छ ।जस अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र न १ बाट प्रत्यक्षमा बामदेव गौतम, शक्ति बहादुर बस्नेत , सन्तकुमार थारु, बालकृष्ण खनाल र इन्दिरा सुवेदि र रेशम अधिकारी सहित ६ जनालाई सिफारिस गरिएको छ भने प्रतिनिधि सभा निर्वाचनका लागी क्षेत्र न २ बाट प्रत्यक्षमा दुर्गाबहादुर थारु, लोकराज जैसी, सुरेश पन्थ, चिन्तामाणी आचार्य, बमबहादुर रावल, संजय थारु र सीता कमारी अर्याल गरी ७ जनाको नाम सिफारिस गरिएको छ ।

यसै गरी राष्ट्रिय सभाका लागी बुद्धिसागर अधिकारी , बैद्यनाथ झा, भवनकुमार थारु, अमर कामी, अतिक अहमद सिद्धिकी र राजेन्द्रसिंह लामिछाने सहित ६ जनाको नाम सिफारिस गरिएको छ । सो पार्टीका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र न १ मा समानुपातिक तर्फ निर्मल प्रकाश सुवेदी, कौशिला सिंह ठकुरी , अञ्जु दहित, प्रेम प्रसाद पोखरेल, कुमारी तोफा यादव, भवनकुमार थारु, राधा आचार्य , मेनका कुमारी चौधरी , लल्लुराम थारु र विनायक रसाइली सहित १० जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र न २ बाट दुर्गा देवी खत्री , वसन्ती थारु, लोकेन्द्र तिरुवा, मानबहादुर बैगार, राधिका बोहरा, सृजना थापा, छविराज भटट, छविराम थारु र दिलबहादुर परियार गरी ९ जनाको नाम समानुपातिक तर्फ सिफारिस गरिएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version