बाँकेमा ८५ किलोमिटर सडक निर्माण

बाँके , भदौ ८ गते  बाँकेमा करिब ८५ किलोमिटर विभिन्न प्रकारका सडक र नाला निर्माण गरिएको छ । सडक पूर्वाधार विकास र सहरी विकास तथा भवन कार्यालयले क्रमशः ४५ र ४० किलोमिटर सडक बनाएका हुन् ।

सडक पूर्वाधार कार्यालयका प्रमुख दीपक खड्काले आव २०८१/०८२, ४५ किलोमिटर सडक र पक्की नाला निर्माण गरिएको जानकारी दिए । उनले सबैभन्दा बढी नेपालगञ्ज, खजुरा र वैजनाथ गाउँपालिकामा नाला र सडक बनाइएको बताए। सडक बनाउन  २१ करोड खर्च भएको जानकारी पनि उनले दिनुभयो । सात वटा कल्भर्ट र कजवे, दुई वटा पुल निर्माण गरिएको छ ।सहरी विकास तथा भवन कार्यालयमार्फत जिल्लामा ४० किलोमिटर सडक र नाला निर्माण गरिएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version