बागमतीमा एमालेले टुङ्ग्यायो ६ मन्त्री

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा अब बन्ने नयाँ सरकारमा आफ्नो पार्टीबाट सहभागी हुने ६ मन्त्रीहहरुको नाम एमालेले तयार पारेको हो ।

प्रदेश प्रमुखको आह्वानमा आज बानियाँ बागमतीको छैठौं मुखयमन्त्री बन्दैछन् । उनी नेतृत्वको सरकारमा एमालेले दिनेश चन्द्र देवकोटा, मधुसूदन पौडेल, विन्दु श्रेष्ठ, जयराम थापा, किरण थापा मगर र भरत केसीलाई मन्त्री बनाउने भएको हो ।

यी ६ जनामध्ये किरण मात्र दोहोरिँदै छन् । एमालेले बाँकी ५ नयाँ अनुहारलाई प्रदेश सरकारको मन्त्री बनाउन लागेको हो ।उनीहरूलाई आजै नियुक्ति दिएर मुख्यमन्त्री बानियाँसँगै शपथ खुवाउने तयारी रहेको स्रोतले जानकारी दियो । उनीहरूलाई कुन–कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने टुंगो लाग्न भने बाँकी छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version