बेलायती राजाका भाइ एन्ड्रयूको ‘राजकुमार’ उपाधि खोसियो, राजभवनबाट पनि निकालिने

काठमाडौं १४ कात्तिक। बेलायतका राजा चाल्र्स तृतीयले आफ्ना कान्छा भाइ एन्ड्र्यूको राजकीय अधिकार खोसेका छन् ।

बकिंघम दरबारले बिहीबार विज्ञप्ति जारी गर्दै एन्ड्र्यूको राजकुमार पद, राजकीय उपाधि, सम्मान र अधिकारहरू कानुनी रूपमै खोस्ने प्रक्रिया सुरू गरिएको जानकारी दिएको हो ।

अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार दरबारले अब उनलाई एन्ड्र्यू माउन्टब्याटन विन्डसर नामले मात्रै चिनिने भनेको छ ।

उनलाई लण्डनस्थित राजसी निवास रोयल लजबाट समेत निकालिने र बस्नका लागि निजी आवासको व्यवस्था गरिने बकिंघम दरबारले जनाएको छ ।

समाचारका अनुसार बालिकाहरूलाई वेश्यावृत्तिमा संलग्न गराएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनसँगको सम्बन्धका कारण इन्ड्र्यूलाई राजकीय पद, अधिकार र सम्मानबाट बञ्चित गराइएको हो ।

एपस्टिनले शक्तिशाली व्यक्तिहरुका लागि ’कलिला किशोरीहरू व्यवस्था गर्ने’ चर्चा केही दशकदेखि नै चल्‍दै आएको थियो ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version