भेनेजुएलामा अब थप सैन्य कारबाही नहुने

TOPSHOT - A burnt missile interceptor vehicle is seen at La Carlota air base in Caracas on January 3, 2026, after US forces captured Venezuelan leader Nicolas Maduro after launching a "large scale strike" on the South American country. President Donald Trump said on January 3, 2026, that US forces had captured Venezuela's leader Nicolas Maduro after bombing the capital Caracas and other cities in a dramatic climax to a months-long standoff between Trump and his Venezuelan arch-foe. (Photo by Federico PARRA / AFP)

अमेरिका, पुस २० गते । भेनेजुएलामा अब थप सैन्य कारबाही नहुने भएको छ । अमेरिकी रिपब्लिकन सिनेटर माइक लीले विदेश मन्त्री मार्को रुबियोसँगको टेलिफोन संवादमा सोबारे जानकारी गराउनुभएको हो ।

रुबियोकाअनुसार निकोलस मदुरो अमेरिकी हिरासतमा रहेकाले अब भेनेजुएलामा थप कारबाहीको आवश्यकता रहने छैन । मदुरोले अब संयुक्त राज्य अमेरिकामा फौजदारी अभियोगमा अदालती सुनुवाइको सामना गर्नुहुनेछ ।

उटाहका सिनेटर लीकाअनुसार यो कदम सम्भवतः अमेरिकी कर्मचारीहरूलाई वास्तविक वा आसन्न आक्रमणबाट जोगाउन संविधानको धारा २ अन्तर्गत राष्ट्रपतिको अन्तर्निहित अधिकारभित्र पर्दछ ।

यद्यपि सिनेटर लीले ट्रम्प प्रशासनको भेनेजुएलाविरुद्धको यस कारबाहीको औचित्यमाथि प्रश्न समेत उठाउनुभएको छ । उहाँले युद्धको घोषणा वा सैन्य बल प्रयोगको स्पष्ट अधिकार बिना गरिएको यस कदमको संवैधानिक आधारबारे थप बुझ्न आफू उत्सुक रहेको बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version