मलेसिया खेल्न जाने महिला क्रिकेट टिमको घोषणा

काठमाडौँ ४ आश्विन । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा मलेसियन सुपर वुमन सिरिज र टी-२० सिरिज खेल्ने नेपाली महिला क्रिकेट टिमको घोषणा गरेको छ ।

क्यानले नेपाली क्रिकेट टिमक खेलाडीहरुले फरक फरक पाँच टिमबाट सेप्टेम्बर २४ देखि ३० सम्म हुने मलेसियन सुपर वुमन सिरिजमा खेल्ने जानकारी दिएको छ ।

त्यस्तै नेपाली महिला टिमले अक्टोबर २ देखि ८ सम्म मलेसियाको राष्ट्रिय महिला क्रिकेट टिमसँग ५ वटा टी-२० सिरिज खेल्ने समेत कार्यक्रम रहेको छ । क्यानले मलेसिया टूरलाई नेपालको विश्वकपको ग्लोबल क्वालिफायरको तयारी स्वरूप लिएको जनाएको छ । 

मलेसिया जाने नेपाली महिला टिममा इन्दु बर्मा, पुजा महतो, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री र सीता राना मगर रहेका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version