यस वर्ष राष्ट्रिय लिग मात्र हुने

काठमाडौँ, कात्तिक १८ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यस वर्ष ए डिभिजनको राष्ट्रिय लिग मात्र गर्ने मात्र गर्ने भएको छ ।

एन्फाले अर्को वर्ष होम एन्ड अवेको आधारमा सहिद स्मारक ए डिभिजन लिग गर्ने पनि उल्लेख गरेको छ । एन्फामा सोमबार ए डिभिजन क्लबहरूसँग भएको छलफलमा होम एन्ड लिग २०८३ को पुसदेखि होम एन्ड अवे आधारमा गर्ने सहमति भएको छ ।

सहमतिअनुसार यस वर्ष  तीन वर्षअघिको ए डिभिजन लिगको शीर्ष ६ टोली र आगामी मङ्सिरमा हेटौँडामा हुने एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोली गरी १० टोलीबीचको राष्ट्रिय लिग गरिने छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version