यी राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूचीसहित)

काठमाडौं २० आश्विन । दुईदिन लगातार भएको भीषण वर्षाका कारण कोशी राजमार्ग, कान्ती लोकपथ लगायत प्रमुख राजमार्गका विभिन्न स्थानहरूका सडक अवरूद्ध छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार संखुवासभाको भोटखोद्या गाउँपालिका(४ बरूणखोलामा कोशी राजमार्ग अवरूद्ध छ। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका(६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा सिद्धिचरण राजमार्ग अवरूद्ध छ। उदयपुरको कटारीमा पनि सो राजमार्ग असोज १८ गतेदेखि पूर्ण अवरूद्ध छ।

मेची राजमार्ग इलामको इलाम नगरपालिका-राजदुवाली लगायतका स्थानहरूमा अवरूद्ध छ। प्रहरीका अनुसार रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काभ्रेपलान्चोक, मकवानपुरमा पनि विभिन्न स्थानहरूमा विभिन्न सडकहरू अवरूद्ध छन्।

सिन्धुलीको मरिण गाउँपालिका(२ सिन्दुरेमा मदन भण्डारी राजमार्ग एकतर्फी रूपमा सञ्चालित छ भने फिक्कलमा मध्यपहाडी राजमार्ग र सुनकोशी(१ नेपालथोकमा विपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version