काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन सम्बन्धी अध्यादेश जारी गरेको छ
राष्ट्रपति पौडेलले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।
यससँगै आयोगलाई फागुन २१ गतेको निर्वाचन प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । अहिले संसद नभएकाले अन्तरिम सरकारले अध्यादेशकै आधारमा कामकारबाही अघि बढाउनुपर्ने बाध्यता छ । सोहीअनुसार अन्तरिम सरकारले पहिलो अध्यादेश ल्याएको हो ।