काठमाडौं , साउन २६ गते। प्लालेस्टाइनी विद्रोही समूह हमासले बन्धक बनाएको भनिएका विपिन जोशीको खोजीमा आमा पदमा र बहिनी पुष्पा जोशी आज इजरायल जाँदैछन् ।
फ्लाइ दुबईमार्फत उनीहरू अहिले बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । विपिनको रिहाइका लागि इजरायलमा अन्तर्राष्ट्रिय दबाब बढाउन विपिनकी आमा पद्मा र बहिनी पुष्पा त्यहाँ जान लागेका हुन् ।
उनीहरूका लागि टिकटको व्यवस्था नेपालका लागि इजरायली दूतावासले नै गरिदिएको हो । ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका विपिनलाई हमास समूहले ०८० सालको असोज २० गते बन्धक बनाएको बताइन्छ ।
उक्त घटनापछि जोशी परिवारले निरन्तर विपिनको सुरक्षाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अपिल गर्दै आएको छ । तर, हमासको कब्जामा रहेको भनिएका जोशी जिवित छन् या मृत्यु भइसक्यो यसबारे कुनै जानकारी बाहिर आएको छैन ।