शतकीय पारीको बलमा भारत फाइनलमा, सात विकेटले अफगानिस्तान पराजित

काठमाडौं  माघ २३। यू–१९ विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई सात विकेटले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको छ। जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा भएको सेमिफाइनलमा आरोन जर्जको शतकीय पारी निर्णायक बन्यो।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा चार विकेटको क्षतिमा ३१० रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो। तर जवाफी ब्याटिङमा उत्रिएको भारतले संयमित र आक्रामक प्रदर्शन गर्दै लक्ष्य सहजै भेट्टायो।

भारतका लागि आरोन जर्जले शानदार शतक पूरा गर्दा वैभव सूर्यवंशी र कप्तान आयुष म्हात्रेले अर्धशतकीय योगदान दिए। भारतीय टोलीले ४१.१ ओभरमै तीन विकेट गुमाउँदै ३११ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्‍यो।

यस जितसँगै भारत उपाधिनजिक पुगेको छ। अब शुक्रबार हुने फाइनलमा भारतले इंग्ल्यान्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version