श्रीलङ्काका पूर्वराष्ट्रपति पक्राउ

बीबीसी हिन्दीले श्रीलंकन प्रहरीको हवाला दिंदै उनी पक्राउ परेको उल्लेख गरेको छ ।

उनीमाथि लागेको आरोप उनको राष्ट्रपति कार्यकालमै गरिएको विदेश यात्रासँग सम्बन्धित छ।

आरोपअनुसार, सन् २०२३ मा न्यूयोर्कमा भएको संयुक्त राष्ट्र महासभाबाट फर्कँदा उनी आफ्नी पत्नीसमेतसँग निजी कामका लागि लण्डनमा रोकिएका थिए । त्यसक्रममा उनको खर्च सरकारी कोषबाट व्यहोरेको आरोप लगाइएको छ ।

उनलाई शुक्रबार राजधानी कोलम्बोको मजिस्ट्रेट अदालतमा पेश गरिनेछ। त्यसअघि उनले आपराधिक अनुसन्धान विभाग (सीआईडी) मा बयान दिइसकेका छन्।

रनिल विक्रमसिंघेले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै लण्डनमा उनले विभिन्न बैठकहरूमा सहभागी भएको बताएका छन्।

विक्रमसिंघे सन् २०२२ देखि २०२४ सम्म श्रीलंकाको राष्ट्रपति रहेका थिए।

उनी आर्थिक संकटका कारण देशभर विरोध प्रदर्शन चर्किएको बेला राष्ट्रपति बनेका थिए। त्यतिबेला उनका पूर्ववर्ती गोटाबाया राजपक्षे देश छोडेर विदेशतिर गएका थिए।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version