संसद भवन अगाडि बिहानैदेखि जेनजीको प्रदर्शन सुरू


काठमाडौं २४ भाद्र। नयाँ बानेश्वरस्थित संसद भवन अगाडि युवाहरु बिहानैदेखि भेला हुन थालेका छन् । सोमबार जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्य भएपछि युवाहरुले मंगलबार पनि युवाहरूले संसद भवन अगाडि भेला भएर नाराबाजी सुरू गरेका हुन् ।

तर जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुरले भने बिहान साढे ८ देखि नै बजेदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरिसकेका छन् ।

उता जेनजीले भने आफ्नो आन्दोलन अहिंसात्मक, शान्तिपूर्ण र निरन्तर रहने भन्दै सबैलाई आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ । आज जेनजी नेपालले सोमबार प्रदर्शनका क्रममा मृत्यु भएकाहरुको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गर्दैछ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version