काठमाडौं साउन १८ गते। बाढी पहिरोले आज देशका सातवटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल प्रहरीका अनुसार सातवटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा सातवटै सडकमा एकतर्फी सवारीसाधन सञ्चालनमा आएको छ ।
सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोसी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल–चीन नाका जोड्ने पुल र पासाङ ल्यामु सडक, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग, रुकुमपश्चिमको आठबीसकोट गाउँपालिका–१ स्थित जाजरकोट–डोल्पा–भेरि करिडोर सडक, जुम्लाको कर्णाली करिडोर र जाजरकोटको डोल्पा सडक आज बिहानैदेखि पूर्णरूपमा अवरुद्ध अवस्थामा छन् ।
त्यसैगरि काठमाडौँ नुवाकोट सडक, रसुवाको उत्तरगयास्थित गल्छी त्रिवेणी सडक, बागलुङ र नवलपरासीपूर्वको कालीगण्डकी करिडोर, मुस्ताङको बेनी जोमसोम सडकर तनहुँको पृथ्वी राजमार्गमा आज एकतर्फी रुपमा आलोपालो गरेर सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
