समीक्षा घिमिरे बंगलादेशी क्लबमा अनुबन्ध

काठमाडौं १४ कात्तिक। नेपाली महिला फुटबल टोलीकी डिफेन्डर समीक्षा घिमिरेले साफ क्लब च्याम्पियनसिप बङ्गलादेशी क्लबबाट खेल्ने भएकी छन् ।  उनलाई बङ्गलादेशको नासरिन स्पोर्ट्स एकेडेमीले अनुबन्ध गरेको हो । विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएकी उनलाई नासरिनले बिहीबार अनुबन्ध गरेको घोषणा गरेको हो ।

योसँगै नासरिनमा अनुबन्ध हुने उनी दोस्रो नेपाली खेलाडी बनेकी छन् । एकेडेमीले यसअघि नै डिफेन्डर पूजा रानालाई अनुबन्ध गरिसकेको थियो । पूजा पछिल्लो समय भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेडबाट खेलिरहेकी थिइन् । तर, उक्त क्लबसँग सम्झौता सकिसकेको छ । त्यसैले बङ्गलादेशी क्लबसँग खेल्ने बाटो खुलेको हो ।

प्रतियोगिताको पहिलो संस्करण डिसेम्बर ५ देखि २० सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने छ । प्रतियोगितामा नासरिनबाहेक नेपालको एपिएफ क्लब, भारतको इस्ट बंगल क्लब, भुटानको ट्रान्सपोर्ट युनाइटेड, र पाकिस्तानको कराँची सिटी एफसी सहभागी हुनेछन् ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version