काठमाडौँ माघ २२। सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टलाई दिइएको छ ।
यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएपछि सो जिम्मेवारी भट्टलाई दिइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

