सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन

विराटनगर २४ माघ। नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक ९एसपी० राजेश घिमिरेको निधन भएको छ ।

मोरङको बिराटचोकमा शुक्रवार भएको नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला  उनी बेहोस भएर ढलेका थिए ।

उनको उपचारका क्रममा विराट मेडिकल कलेजमा राति ८ बजेर ५२ मिनेटमा निधन भएको हो ।

उनलाई उच्च रक्तचाप पनि देखिएको थियो । बैठकका क्रममा ढलेका उनको जिब्रो काटिएको थियो । घिमिरेको स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version