३५ वर्षदेखि नेतृत्व नछाडेको भन्दै शंकर पोखरेलले गरे प्रचण्डमाथि व्यंग्य

काठमाडौं  साउन २२ गते। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ३५ वर्षदेखि निरन्तर पार्टी नेतृत्वमा रहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति व्यंग्य गरेका छन् ।

आज बिहान उनले सामाजिक सञ्जालमार्फत २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापनापछि एमाले र कांग्रेसमा नेतृत्व हस्तान्तरण भइरहँदा पनि माओवादीमा भने एकै व्यक्ति निरन्तर पार्टी नेतृत्वमा रहेको भन्दै प्रचण्डमाथि व्यङ्ग्य गरेका हुन् ।

०४६ सालको राजनीतिक परिवर्तनपछि एमालेका पाँच र कांग्रेसका चार नेताले पार्टीको नेतृत्व सम्हालेका छन् । जसमा मदन भण्डारी, मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली एमालेको नेतृत्वमा पुगेको र कांग्रेसमा पनि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशिल कोइराला र शेरबहादुर देउवाले पार्टी नेतृत्व गरेका छन् ।

तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने निरन्तर पार्टीको मूल नेतृत्वमै छन् । प्रचण्डले पार्टी नेतृत्व युवा पुस्तालाई छाड्नुपर्ने आवाज बेलाबेलामा उनकै पार्टीभित्र उठ्ने गरेको छ । तर, अहिलेसम्म माओवादीभित्र त्यस्तो आवाज शक्तिशाली बन्न सकेको छैन ।

यसैप्रति व्यंग्य गर्दै पोखरेलले एमाले र कांग्रेसको मुख्य नेतृत्व परिवर्तन भइरहे पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने सदावहार मूल नेतृत्वमा रहेको भन्दै व्यंग्य गरेका हुन्।दृष्टिबाट

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version