काठमाडौं १४ मंसिर। नेकपा (एमाले)ले आज पार्टीको ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्दै छ ।
अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा ११ औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्ने भएका हुन् । एमलेको ११ औं महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ ।
ललितपुरको च्यासलस्थित मुख्यालयमा महाधिवेशनको लोगो सार्वजनिक गर्न आज दिउँसो १ बजे कार्यक्रम रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उक्त कार्यक्रममा उपस्थित हुन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान समेत गरिएको छ ।



