काठमाडौँ माघ २७। ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो।
केन्द्रका अनुसार भूकम्पको केन्द्र नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको छ। भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वी नेपालका विभिन्न जिल्लामा समेत महसुस गरिएको जनाइएको छ।
हालसम्म भूकम्पबाट भएको क्षति भए नभएको कुनै विवरण प्राप्त भएको छैन।



