१२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ ।
सिंहदरबारमा उनीहरूबीच सोमबार दिउँसो भेटवार्ता भएको हो ।
भेटका क्रममा उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको जनाइएको छ ।
विशेषगरी समाजवादी मोर्चा, संसद् र बागमती प्रदेशमा देखिएको पछिल्लो सत्ता विवादबारे छलफल भएको स्रोतले अनलाइनखबरसँग बतायो ।
यद्यपि भेटवार्ताका मुख्य विषयहरू खुलाइएको छैन । यसअघि हिजो पनि उनीहरू भेट गरेका थिए ।