काठमाडौं १४ कात्तिक। बेलायतका राजा चाल्र्स तृतीयले आफ्ना कान्छा भाइ एन्ड्र्यूको राजकीय अधिकार खोसेका छन् ।
बकिंघम दरबारले बिहीबार विज्ञप्ति जारी गर्दै एन्ड्र्यूको राजकुमार पद, राजकीय उपाधि, सम्मान र अधिकारहरू कानुनी रूपमै खोस्ने प्रक्रिया सुरू गरिएको जानकारी दिएको हो ।
अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार दरबारले अब उनलाई एन्ड्र्यू माउन्टब्याटन विन्डसर नामले मात्रै चिनिने भनेको छ ।
उनलाई लण्डनस्थित राजसी निवास रोयल लजबाट समेत निकालिने र बस्नका लागि निजी आवासको व्यवस्था गरिने बकिंघम दरबारले जनाएको छ ।
समाचारका अनुसार बालिकाहरूलाई वेश्यावृत्तिमा संलग्न गराएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनसँगको सम्बन्धका कारण इन्ड्र्यूलाई राजकीय पद, अधिकार र सम्मानबाट बञ्चित गराइएको हो ।
एपस्टिनले शक्तिशाली व्यक्तिहरुका लागि ’कलिला किशोरीहरू व्यवस्था गर्ने’ चर्चा केही दशकदेखि नै चल्दै आएको थियो ।





